What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास सम्वन्धी दश दिने तालिम सम्पन्न
What To Know
- शिक्षा तालिम केन्द्र उपशाखा पाल्पामा सञ्चालन भएको दश दिने प्रधानाध्यापक व्यवस्थापन तथा नेतृत्व क्षमता विकास तालिम विद्यालयका प्रधानाध्यापकहरुका लागि व्यवहारिक र उपयोगी रहेको तालिममा सहभागि नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक यमलाल अर्यालले बताए । त्यस्तै तालिमले आफूमा भएका अनुभवहरुको आदान प्रदान विभिन्न विद्यालयहरुले गरेका नमूना र राम्रा प्रयासहरु र भावी दिनमा सुधारको लागि गनुपर्ने योजना निर्माणका साथै आफ्नो कार्य क्षेत्रमा आइपरेका नीतिगत तथा कानूनी समस्याहरु समाधान गर्न सहयोग पु¥याएको नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक अर्यालले बताए ।.
- गत माघ २४ गतेदेखि शुरु भएको तालिम फागुन ४ गते सम्पन्न भएको शिक्षा तालिम केन्द्र शाखा पाल्पाका संयोजक नारायण पोखरेलले जानकारी दिए । दश दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा सम्वन्धि बर्तमान नीतिगत व्यवस्था,विद्यार्थी मूल्याङन प्रणाली, स्थानीय पाठ्यक्रम,बालमैत्री विद्यालय र विद्यालय शान्ती क्षेत्र,विद्यालय सुपरीवेक्षण र शिक्षक पेशागत विकास,पेशागत मर्यादा,सदाचार,नैतिकता र जवाफदेहिता,विद्यालय व्यवस्थापन र सिकाइका समसामयिक प्रवृत्ति,शैक्षिक सुचना व्यवस्थापन प्रणाली र विद्यालयको आर्थिक व्यवस्थापन सम्वन्ध लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं.
कौरव खत्री
पाल्पा । शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीको आयोजनामा आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम पाल्पा सम्पन्न भएको छ । तालिममा गुल्मी,अर्घाखाँची र पाल्पा गरी तीन जिल्लाका विद्यालयहरुका २३ जना प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शिक्षा तालिम केन्द्र उपशाखा पाल्पामा सञ्चालन भएको दश दिने प्रधानाध्यापक व्यवस्थापन तथा नेतृत्व क्षमता विकास तालिम विद्यालयका प्रधानाध्यापकहरुका लागि व्यवहारिक र उपयोगी रहेको तालिममा सहभागि नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक यमलाल अर्यालले बताए । त्यस्तै तालिमले आफूमा भएका अनुभवहरुको आदान प्रदान विभिन्न विद्यालयहरुले गरेका नमूना र राम्रा प्रयासहरु र भावी दिनमा सुधारको लागि गनुपर्ने योजना निर्माणका साथै आफ्नो कार्य क्षेत्रमा आइपरेका नीतिगत तथा कानूनी समस्याहरु समाधान गर्न सहयोग पु¥याएको नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक अर्यालले बताए ।
गत माघ २४ गतेदेखि शुरु भएको तालिम फागुन ४ गते सम्पन्न भएको शिक्षा तालिम केन्द्र शाखा पाल्पाका संयोजक नारायण पोखरेलले जानकारी दिए । दश दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा सम्वन्धि बर्तमान नीतिगत व्यवस्था,विद्यार्थी मूल्याङन प्रणाली, स्थानीय पाठ्यक्रम,बालमैत्री विद्यालय र विद्यालय शान्ती क्षेत्र,विद्यालय सुपरीवेक्षण र शिक्षक पेशागत विकास,पेशागत मर्यादा,सदाचार,नैतिकता र जवाफदेहिता,विद्यालय व्यवस्थापन र सिकाइका समसामयिक प्रवृत्ति,शैक्षिक सुचना व्यवस्थापन प्रणाली र विद्यालयको आर्थिक व्यवस्थापन सम्वन्ध लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसी,शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका इकाइ प्रमुख रमेश पौडेल, सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्षमण ज्ञवाली,शिक्षा तालिम केन्द्र रुपन्देही शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेल, प्रशिक्षक गोपालप्रसाद बस्यालले सहजीकरण गरेका थिए ।
शिक्षा सम्वन्धि व्यवस्था,विद्यालय क्षेत्र विकास योजना दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमको सहजीकरण गरेका थिए । तालिमको सञ्चालन भने तालिम शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेलले गरेका थिए ।