स्वस्थानी वर्तकथाको पातो च्यात्न नेकपा सांसदको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वस्थानी च्यात्न माग गर्नुभएको हो ।

उहाँले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने पनि बताउनुभयो । उहाँले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भन्नुभयो।– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता परम्परा र संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सकोस् सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *