सैन्यबाट सिपाहीमा प्रवेश

जमुना गजुरेल
विदुर । नुवाकोटमा रहेको नेपाली सेनाको श्री नं. १ तालिम गणमा सञ्चालन भएको ७२ आँै ब्याच सैन्य आधार तालिमको अन्तिम दलेज कवाज समारोह मंगलबार सम्पन्न भएको छ ।

विदुर नगरपालिका–२ र ४ मा पर्ने मैथली क्याम्प, त्रिशुली व्यारेकमा रहेको श्री नं. १ तालिम गणमा मंगलबार भएको दीक्षांत समारोहमा सम्वोदन गर्दै नेपाली सेनाका रथी गौरव तण्डुलले नेपाली सेनाको इतिहास र एकीकरण अभियानमा नेपाली सेनाको भुमिका र देशप्रतिको आफनो जिम्मेवारीलाई सिपाहीहरुले कहिलै भुल्न नहुने बताउनु भयो । इतिहासको सम्झना गर्दै रथी तण्डुलले भन्नुभयो, “नेपाल एकीकरण अभियान नेपाली सेनाको इतिहासमा एक कोशेढुङगा हो । एउटा बलियो सैनिक सङ्गठन बिना एकीकरण संभव हुनै सक्दैनथ्यो सैनिक संरचनाका लागी बाहीर बाट हतियार तथा प्रविधी भित्रायाइ गोर्खामा सेना संगठित गरि गोर्खाली फौजले नुवाकोट तथा सन १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको हो” । उहाँले नयाँ उत्साहसहित सेवा प्रवेश गरेका सिपाहीले आफ्नो कर्तव्य परायणतालाई परा गर्ने विश्वास ब्यक्त गर्नुभयो । “आज सैन्यवाट सिपाहीमा प्रवेश गरीरहेका नेपाली सेनाका सिपाहीहरुले देशको वीरता, स्वामी भक्त तथा साधारणपना बाट आफ्ना शत्रुपनि प्रभावित हुन थालेको इतिहास साक्षी छ । इतिहासमा शाही नेपाली सेनासँग लडेको लडाँइमा उनीहरुको वीरताबाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डिया कम्पनीले पनि आफना सेनामा नेपाली भर्ती शुरु गर्यो जुन अहिलेसम्म गोर्खाली सेनाको रुपमा कायम छ” उहाँले भन्नुभयो ।

श्री नं. १ तालिम गणमा तालिममा रहेका १ हजार १ सय ४० जनामध्ये ३ सय ६१ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेको सोहि गणका गणपति खेम राज शर्माले बताउनुभयो । गणपति शर्माका अनुसार दिक्षांत समारोहका ३ सय ६१ जना सैन्य मध्य तालिम अवधि भरी अनुशासित, लगनशील र राम्रो नियम, आदेशको पालना गर्ने महिला सैन्य रौतहट घर भएका तन्दा चौधरी प्रथम भई रथी र्गारव तण्डुलको हातवाट पुरस्कार र प्रशंसा पत्र समेत हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
दिक्षांत समारोहमा नुवाकोट जिल्ला समन्वय उपप्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपप्रमुख गीता दाहाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्रले, बुद्धीजिवी तथा समाजसेवी लगाएको सहभागिता रहेको गणपति शर्माले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *