What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रेसुङ्गा बहुमुखी क्याम्पसमा नेवि संघले लगायो स्ववियू उम्मेदवारको टुङ्गो
What To Know
- संघ गुल्मीले आज बसेको अर्काे बैठकबाट कोषाध्यक्ष र एक सदस्य समेत चयन गरेको छ । कोषाध्यक्ष पदका लागि गोमा मरासिनी र एक सदस्य कमल भुजेललाई स्ववियू चुनावका लागि चयन गरेको नेपाल विद्यार्थी संघ गुल्मीका नेता एवम रेसुङ्गा बहुमुखी क्याम्पसका निर्वतमान इकाई सभापति समेत रहेका पुनाराम घिमिरेले जानकारी दिनुभयो ।.
- त्यस्तै सदस्य पदका उम्मेदवार कमल भुजेल रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का हुन् उनी हाल सोही क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । सकेसम्म सवै विद्यार्थीहरुको प्रतिनिधित्व हुने गरी भेग र अन्य विविध कुराहरुलाई मध्यनजर गरी उम्मेदवारको टुङ्गो लगाएको र बाँकी पदहरुलाई पनि सोही आधारमा टुङ्गो लगाउने नेपाल विद्यार्थी संघ गुल्मीले जनाएको छ ।.
कौरव खत्री
गुल्मी । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियू चुनावका लागि चरणबद्ध रुपमा उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।
केही दिन अगाडी स्ववियू सभापति र सचिवका लागि उम्मेदवारको चयन गरेको ने.वि.संघ गुल्मीले आज बसेको अर्काे बैठकबाट कोषाध्यक्ष र एक सदस्य समेत चयन गरेको छ । कोषाध्यक्ष पदका लागि गोमा मरासिनी र एक सदस्य कमल भुजेललाई स्ववियू चुनावका लागि चयन गरेको नेपाल विद्यार्थी संघ गुल्मीका नेता एवम रेसुङ्गा बहुमुखी क्याम्पसका निर्वतमान इकाई सभापति समेत रहेका पुनाराम घिमिरेले जानकारी दिनुभयो ।
कोषाध्यक्ष पदकी उम्मेदवार गोमा मरासिनी छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घाखाँचीकी हुन् हाल उनी रेसुङ्गा बहुमुखी क्याम्पसमा वि.एड पहिलो वर्षमा अध्यनरत छिन् ।
त्यस्तै सदस्य पदका उम्मेदवार कमल भुजेल रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का हुन् उनी हाल सोही क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । सकेसम्म सवै विद्यार्थीहरुको प्रतिनिधित्व हुने गरी भेग र अन्य विविध कुराहरुलाई मध्यनजर गरी उम्मेदवारको टुङ्गो लगाएको र बाँकी पदहरुलाई पनि सोही आधारमा टुङ्गो लगाउने नेपाल विद्यार्थी संघ गुल्मीले जनाएको छ ।
लामो समय विद्यार्थी राजनीति र सामाजिक आन्दोलनमा अग्रसर राम प्रसाद (रामजी) पन्थी सभापति पदका उम्मेदवार र शारीरिक रुपमा अशक्त भएपनि निरन्तर विद्यार्थी अधिकारका लागि अपाङ्गहरुका लागि र न्यून आर्थिक अवस्था भएका विद्यार्थीका लागि संघर्ष गर्दै आएका विद्यार्थी नेता पुनाराम घिमिरे सचिव पदका लागि उम्मेदवार घोषणा यस अघि नै भइसकेका छन् ।
फरक पेसा अंगाल्दै आएका विद्यार्थी वर्गबाट भन्दा पनि विद्यार्थीकै अधिकारको निम्ती संघर्ष गर्दै आएका विद्यार्थी नेताहरुलाई नै स्ववियूका लागि उम्मेदवार बनाउने नेविसंघ गुल्मीको निर्णय अनुरुप रेसुङ्गा बहुमुखी क्याम्पसमा स्ववियू उम्मेद्वारको छनौट गरिएको नेपाल विद्यार्थी संघ गुल्मीले जनाएको छ ।






