‘सेल्फी किङ्ग’ को आफ्नै कथा

काठमाडौं, फिल्म ‘सेल्फी किङ्ग’ को टिजर रिलिज भएको छ। टिजरमा सेलिव्रेटीको क्रेज र फ्रस्टेसनलाई प्रस्तुत गरिएको छ । फिल्ममा अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको छ ।

फिल्म ‘सेल्फी किङ्ग’लाई विशाल सापकोटाले निर्देशन गरेका छन् भने लेखन पनि उनकै रहेको छ । सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्मको सम्पादन जीवन थापाले गरेका छन्

फिल्म ‘सेल्फी किङ्ग’मा बिपिनसँगै कलाकार लक्ष्मी वर्देवाको अभिनय र अभिनेत्री केकी अधिकारीले पनि नृत्य गरेकी छन्। फिल्म माघ २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *