पत्रकार केसीले दिए मुसिकोटका विद्यार्थीलाई न्यानो कपडा

कौरव खत्री
गुल्मी । गगां प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मीका विद्यार्थीहरुलाई आज एक कार्यक्रमकाबीच स्वीटर वितरण गरिएको छ । पत्रकार शैलेन्द्र केसीले विद्यालयमा बाल विकास केन्द्र र कक्षा १ मा अध्ययनरत ४७ जना विद्यार्थीलाई न्यानो सुईटर वितरण गरेका हुन् । स्वीटर वितरण कार्यक्रममा  मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले जाडो समयमा विद्यार्थीहरुलाई सुईटर वितरण गरेर सह्रानीय कार्य गरेको भन्दै केसीलाई धन्यवाद दिए । उनले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षक मात्रै सबैथोक नभएको भन्दै अभिभावकको साथ पनि उत्तिकै आवश्यक रहने बताए ।

उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि एवम् मुसिकोट नगरपालिकाका श्रोत व्यक्ति चुरा बहादुर छन्त्यालले विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित नहुने परिपाटी रहेको भन्दै शैक्षिक उपलब्धी हासिल गर्न विद्यार्थी स्वयम् अभिभावक, शिक्षक र सरोकारवाला एवम् सम्पूर्ण पक्षको हातेमालोको जरुरी रहेको बताए । साथै विद्यालयले नमुना काम गर्दै गईरहेको भन्दै अझै धेरै प्रगतीको कामना गरेका थिए ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले विद्यालयमा भएका गतिबिधिका बारेमा जानकारी गराउँदै सहयोगी केसीलाई धन्यवाद दिए । साथै यस्ता कार्यक्रमहरुले विद्यालयको शैक्षिक विकासमा आत्मबल बढ्ने बताउदै भावी योजना र कार्यक्रमका बारेमा प्रकाश पारे ।

कार्यक्रममा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली, भगवती प्राथमिक विद्यालयका प्रधानाध्यापक पार्वती आचार्य, गगां प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक जनक बहादुर खत्री,समाजसेवी मुसिकोट नगरपालिकाका पञ्जीकरण शाखा प्रतिनिधि महेन्द्र घिमिरे लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्रीको अध्यक्षता एवम् विद्यालयकी शिक्षिका माया थापाको स्वागत र विद्यालयकी शिक्षिका पार्वती खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहयोगी शैलेन्द्र केसी विगत १५ वर्ष यता निरन्तर पत्रकारितामा क्रियाशिल रहेका छन् केसी नेपाल पत्रकार महासघंका केन्द्रीय पार्सद हुन् । भने केसी सहकारी क्षेत्रका अभियान्ता समेत रहेका छन् उनकै नेतृत्वमा विभिन्न सहकारी समेत सञ्चालनमा रहेका छन् भने एक दर्जन भन्दा बढी सघंसंस्थामा आबद्ध रहेका छन् । उनी लामो समयदेखि सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *