कीर्ते मुद्दामा प्रदेश सांसद मियाँलाई एक वर्ष कैद, ससुरा मरेपछि देवर ठग्ने दाउ

विराटनगर । प्रदेश नम्बर एककी प्रदेश सांसद गुलेफुन मियाँलाई सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला सुनाएकाे छ । तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ फैसला सुनाएको हो ।

कीर्ते मुद्दामा सांसद मियाँ, उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाविसका कर्मचारी बिजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । कीर्ते मुद्दामा दोषी देखिएका तत्कालिन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारा थप दुई वर्ष सजाय सुनाएको थियो ।

फैसला विरुद्ध मियाँ उच्च अदालत गएकी थिइन् । उच्च अदालत विराटनगरले भने शेख सिलबरलाई सफाइ दिएको छ । अन्य तीनजनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको हो । अदालतको फैसलापछि सांसद मियाँले ११ महिना ५ दिन कैद बस्नुपर्नेछ ।

उनले ससुराकाे मृत्युपछि कीर्ते कागज बनाएर देवरलाई ठक्न खाेजेकाे बताइएकाे छ ।  सांसद मियाँले फौजदारी मुद्दामा सजाय पाएपछि उनी स्वतः पदमुक्त हुने भएकी छिन् । नेपालको संविधान २०७२ को धारा १७८ को (घ) मा प्रदेश सभा सदस्य नैतिक पतन देखिने फैजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने उल्लेख छ । संविधानको यही प्रावधानअनुसार प्रदेशसभा सदस्य स्वतः पदमुक्त हुने कानूनविद्काे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *