आस्था राउतलाई ४ दिन हिरासतमा राखिने, आत्मसमर्पण गर्दा पनि पाइनन् छुट

काठमाडौं । अभद्र ब्यवहार कसुरमा पक्राउ परेकी  गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको हाे ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनी विरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो । आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेर  राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *