लाेकसेवा तयारी अति सम्भावित ३० वस्तुगत प्रश्नाेत्तर

१. सातौँ राष्ट्रिय कृषि गणना कहिले गरिने भएको छ ?
 वि.सं. २०७८

२. सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कसलाई चयन गरिएको छ ?
 गणेशदत्त भट्ट (सिफारिस समितिले २०७६ माघ ४ मा सिफारिस गरेको ।)

३. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार (२०७६) कसलाई प्रदान ग¥यो ?
 प्रा.डा. चूडामणि बन्धु (राशि ः रु. १ लाख)

४. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा कहिले गरिएको हो ?
 वि.सं. २०७६ माघ ४

५. नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिने भएको छ ?
 वि.सं. २०७७ जेठ १५

६. अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले सन् २०२० जनवरीमा सार्वजनिक तथ्याङ्कअनुसार आ.व. २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
 ६ प्रतिशत

७. सरकारद्वारा पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सा, जडीबुटीलगायतको अध्ययन तथा अनुसन्धान गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गर्न थालेको विश्वविद्यालय कुन हो ?
 योगमाया आयुर्वेदिक विश्वविद्यालय

८. विश्वकै होचा मानिसका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका खगेन्द्र थापामगरको निधन कहिले भएको हो ?
 वि.सं. २०७६ माघ ३

९. हालै रुसको नयाँ प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?
 मिखाइल मिसुस्टिन (सन् २०२० जनवरी १६)

१०. वि.सं. २०७६ माघ २ मा मनाइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा के हो ?
 भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो, सुख र समृद्धिको आधार

११. ग्राह्मी अवार्ड–२०१९ मा सर्वोत्कृष्ट घोषित गीत कुन हो ?
 दिस इज अमेरिका

१२. वि.सं. २०७६ माघ १ मा मनाइएको पाँचौँ राष्ट्रिय योग दिवसको नारा के हो ?
 राष्ट्रिय एकता ः योगको सान्दर्भिकता

१३. नेपालका लागि भारतका नयाँ राजदूतका रूपमा कसलाई चयन गरिएको छ ?
 विनयमोहन क्वात्रा

१४. राष्ट्रिय शिक्षा नीति, २०७६ मा तर्जुमा गरिएको दीर्घकालीन सोच के हो ?
 गरिबीमुक्त र समानतायुक्त समाज

१५. अमेरिकाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
 सन् २०१८ जून १९

१६. भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स कहिले सार्वजनिक गरेको हो ?
 वि.सं. २०७५ असार १०

१७. कसैले सार्वजनिक स्थानमा वा अरू मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गरेमा वा कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा के–कस्तो सजाय हुने व्यवस्था छ ?
 १ वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय

१८. प्रमुख पर्यटकीय गन्तव्यहरू एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?
 वेलकम नेपाल (नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)

१९. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
 प्रकाशको आवर्तन

२०. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
 प्रकाश विच्छेदन

२१. निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरवलोकन गर्नुपर्ने प्रावधान छ ?
 प्रत्येक दश वर्षमा

२२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ छ ?
 नेदरल्यान्डको हेग

२३. राष्ट्रिय युवापरिषद्ले युवा उद्यमी केन्द्र कहाँ स्थापना गर्ने भएको छ ?
 काभ्रेको पाँचखाल

२४. सरकारले योजनाबद्ध ढङ्गले विद्युत् प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण प्रणाली विकास गुरुयोजना कहिले सार्वजनिक ग¥यो ?
 वि.सं. २०७५ असार १७

२५. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
 ट्याक्स होलिडे

२६. सन् २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्यमा चयन हुन सफल राष्ट्र कुन कुन हुन् ?
 भियतनाम, ट्युनिसिया, स्टोनिया, नाइजेरिया र सेन्ट किट्स एन्ड नेभिस

२७. नेपालका हिमाल आरोहणबारे विगत पाँच दशकदेखि अध्ययन गर्दै आएकी एलिजावेथ हली कुन देशकी नागरिक हुन् ?
 न्युजिल्यान्ड

२८. भित्री ग्रह (इनर प्लानेट्स) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन–कुन ग्रहलाई चिनिन्छ ?
 बुध, शुक्र, पृथ्वी, मङ्गल

२९. अस्वीकार्य व्यक्ति (पर्सन ननग्राटा) भन्नाले के बुझिन्छ ?
 कुूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति

३०. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (ओसिआर) सफ्टवेयर केसँग सम्बन्धित छ ?
 नेत्रहीन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *