मकवानपुरमा बेहोस भएर मृत्यु भएका भारतीय पर्यटक आठै जनाको सनाखत

हेटौंडा । मकवानपुरको एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना सबैको मृत्यु भएको छ । थाहा नगरपालिका, सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं र्पुयाइए पनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको हो ।

दुई कोठा लिएर रिसोर्टमा बसेकाभारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जितमंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसारअचेत रहेका उनीहरुको निधन भएको जानकारी दिएका छन् । दामनमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार उनीहरु सोमबार राति करिब दश बजे होटलमा पुगेका थिए । उनीहरु १५ जनाको टोली बनाएर भारतको केरलाबाट घुम्नका लागि नेपाल आएका थिए । उनीहरु १५ जना बा.३ क ३७८८ नम्बरको बसमा थाहानगर क्षेत्रमा पुगेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *