पाल्पामा विजय दौड प्रतियाेगिता ‘भिक्टोरी रन पाल्पा २०७६’ हुने

सुनिल कार्की
पाल्पा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानीय, राष्ट्रिय र आन्तराष्ट्रिय खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पास्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ ।

जिल्लाको दश वटै स्थानीय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको हो । यही माघ ११ गते भब्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन हुने गणका गणपति सुरज थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला (हाफ म्याराथन) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र–छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागितामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताउनुभयो ।

प्रतियोगिता अन्र्तगत २१ कि.मी.खुल्ला (हाफ म्याराथन)मा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्तवना पुरस्कार ५००० हजारको ब्यवस्था गरिएको छ ।

यसैगरी ५ कि.मी दौड अन्र्तगत कक्षा १२ सम्मका छात्र–छात्राबीच हुने छ । जस अन्र्तगत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।

प्रतियोगितामा वाकाथुन ३ किलोमिटिर दौडमा ईच्छुक सहभागी हुन पाउने गणका सेनानी मनोज डंगोलले बताउनुभयो ।
प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल, तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुँदै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हुँदै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल, तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।

प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३०० जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा दर्ता शुल्क लाग्ने छैन । प्रतियोगितमा सहभागिताको लागि नाम दर्ता गर्न पाल्पास्थित गोरखदल गण नागपोखरी ब्यारेक र रामपुर ब्यारेकबाट यही माघ २ गतेबाट सुरु भएको गणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *