नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कीर्तिमानी होचा ब्यक्ति खगेन्द्र थापाको मगर परम्परा अनुसार अन्त्यष्टि
कास्की । कीर्तिमानी होचा ब्यक्ति खगेन्द्र थापा मगरको मगर परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । थापाको पोखराको रामघाटमा शनिबार मगर परम्परा अनुसार अन्त्यष्टि गरिएको हो ।
थापाको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. लेखबहादुर थापाले राष्ट्रिय झण्डा ओढाउनुभउको थियो । भने गण्डकी प्रदेशसभाका सांसद् मा. चन्द्रबहादुर बुढा ’सागर’ ले फूलमाला चढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
बागलुङको बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोट, उर्लेनीमा जन्मिएका कीर्तिमानी होचा व्यक्ति थापाको शुक्रबार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । स्व. खगेन्द्रलाई उनका जेठा बाबा हिराबहादुर थापाले दागबत्ती दिनुभएको थियो ।