नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

खगेन्द्र थापाको मृत्युपछि को बन्यो गिनिजबुकमा विश्वको सबैभन्दा होचा ब्यक्ति ?
काठमाडौँ । खगेन्द्र थापा मगरको मृत्यु भएपछि विश्वकै होचा ब्यक्ति अब कोलम्बियाका इडवार्ड फर्नान्डेज भएका छन् । ३२ वर्षका फर्नान्डेजको उचाई ९०.२१ सेन्टिमिटर रहेको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा हिड्न सक्ने होचा मानिसहरुको सूचीमा यसअघि नेपालका खगेन्द्र थापा मगरको नाम रहेको थियो ।

मुटुको समस्या, दम र निमोनियाबाट पीडित थापाको शुक्रबार पोखरामा निधन भएको हो । थापा सन् २०१० मा संसारकै सबैभन्दा होचा ब्यक्ति ठहरिएका थिए । पछि नेपालकै ५४.६ सेन्टिमिटरका चन्द्रबहादुर डाँगी पत्ता लागेपछि थापा मगरले सबैभन्दा होचा व्यक्तिको उपाधि गुमाएका थिए । तर चन्द्रबहादुरको सन् २०१५ मा मृत्यु भएपछि पुनः गेन्द्रको नाम लेखिएको थियो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा हिँड्डुल गर्न सक्ने र नसक्ने दुई प्रकारका होचा मानिसहरूको नाम लेखिन्छ । फिलिपिन्सका ५९.९३ सेन्टिमिटरमा जुनरे बालाविङ् हिँड्डुल गर्न नसक्ने सबैभन्दा होचा व्यक्ति हुन् ।