नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुने
काठमाडाैँ । तीन महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ । संसद सचिवालयले रिक्त सभामुख पदको निर्वाचनका लागि मिति तोकेको हो ।
‘१२ गते आइतबार सभामुख निर्वाचन गर्ने तयारी भएको छ,’ संसद सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजिनामा दिए पछि प्रतिनिधि सभाको सभामुख चयनका लागि बाटो खुलेको हो ।
उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अबकाे संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुने छ । ठाकुर संसद सञ्चालन गर्नका लागि पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास जानुभएकाे छ ।
संसद बैठकको सुरुमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (१) बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामा पत्र पढेर सुनाउने कार्यतालिका संसद सचिवालयले तय गरेको स्रोतले बताएको छ।
त्यसपछि रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ।