सेकुवा कर्नर अगाडि पार्किङ्ग गर्ने गृहको गाडीमा ट्राफिकको लक

काठमाडाैँ । महानगरीय ट्राफिक महाशाखाले गृह मन्त्रालयको ना. १ झ १४२५ नम्बरको सरकारी गाडीमा लक लगाएको छ । अनामनगरस्थित भेटघाट सेकुवा कर्नर अगाडि निषेधित क्षेत्रमा पार्किङ्ग गरेर राखेको अवस्थामा अनामगरकाे ट्राफिक प्रहरीले लक लगाएको हो ।

महासाखाका प्रमुख एसपी भीम ढकालले निषेधित क्षेत्रमा पार्किङ गर्ने जो कोही भएपनि कारबाही हुने बताए । गृह मन्त्रालयका सहसचिवले प्रयोग गर्ने गरेको गाडी हाे । सोमबार भने कसले प्रयोग गरेको थियो भन्ने खुलेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *