“बाजी मैले मारेँ, आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु ।”

काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आफुले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहिनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ ।

संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठक पछि पत्रकार सम्मेलन गर्दे उहाँले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफुले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पार्नुभएको हो । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाँजी मारेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “बाजी मैले मारेँ । आज देखि कामको ट्रयाक चेन्ज गर्दैछु ।”

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।”

आफुले कसैले भनेर राजीनामा नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ । ”

पत्रकारहरुले पटक पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उहाँले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफुलाई उर्जा मिलेको पनि उल्लेख गर्नुभयो ।

उहाँले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो “सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।”

उहाँले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *