बिहे गरेको १५ मिनेट मै किन भयाे सम्बन्ध बिच्छेद ?

एजेन्सी । बाँच्नुपर्छ संसारमा के के सुन्न के के देख्न पाइन्छ त्यसको कुनै भर छैन । कतिपय कुरा त यस्ता पनि आउँछन् कि सुन्दा वा देख्दा पत्याउनै गाह्रो पर्ने हरेक मान्छेलाई तीनछक पार्ने कुराहरु पनि बेलाबेला आइरहन्छन् । यहाँ त्यस्तै समाचार आएको छ । सायद पत्याउनु हुन्न होला बिहे गरेको १५ मिनटमा नै सम्बन्ध बिच्छेद भयो भन्दा तर यो सत्य घटना हो । दुबईमा विवाह भएकाे १५ मिनेटमै एक जोडीकाे सम्बन्धबिच्छेद भएकाे छ। ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो ।

बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो ।

विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए ।

तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो ।

दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ । समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *