बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
एडोबी प्रिमियर प्रोमा नेपाली फोटोपत्रकार स्कन्द गौतमको तस्बिर
बीबीसी । प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो। फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो।
सन् २०१७ तिर भक्तपुरको सल्लाधारीमा बिस्केत जात्राका मेलामा ‘मौतका कुवा’ भनिने प्रदर्शनमा ठाडो भित्तामा मोटरसाइकल फनफनी घुमाएको तस्बिर एडोबीको प्रिमियर प्रो सफ्टवेअरमा प्रयोग गरिएको छ।
सन् २०१९ को नोभेम्बरमा आएको प्रिमियर प्रोमा सो तस्बिर देख्न सकिने गौतम बताउँछन्।
गौतमका अनुसार उक्त तस्बिर प्रयोग गर्न एडोबीले गत वर्षको जुलाईमा सम्पर्क गरेको थियो। आफूले करिब दुई वर्ष अघि खिचेको फोटो प्रयोग गर्नका लागि एडोबीले सम्पर्क गर्दा सुरुमा पत्यार नलागेको गौतम बताउँछन्।
“यो मेरा लागि अप्रत्याशित थियो,” उनी सम्झन्छन्। तस्बिर प्रकाशनमा आएपछि आफ्ना अग्रजहरूले समेत बधाई दिन थालेपछि चाहिँ राम्रै काम गरिएछ भन्ने लागेको उनी बताउँछन्।
“अहिले मलाई कहीँ चिनाउनु पर्दा एडोबीले फोटो लिएको पत्रकार भनेर चिनाउँछन्,” उनले थपे।