काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
प्रदेश ३ को स्थायी राजधानी हैटौंडामा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित
हेटौँडा। प्रदेश ३ को प्रदेश सभामा आइतबार भएको मदतानमा स्थायी राजधानी हेटौंटा कायम गर्ने निर्णय भएको छ ।प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदानका क्रममा पहिलो चरणमा राजधानी तोक्न भएको मतदानम १०५ जना सदस्य अर्थात दुई तिहाइले निर्णय गरेको हो ।
राजधानीको पक्षमा १०५ मत र विपक्षमा.३ मत परेको थियो । यो मतदानमा १०८ सदस्य सहभागी हुनुहुन्थ्यो ।
यस अघि धुलिखेल बनाइयोस भन्ने प्रस्तावममा भएको मतदानमा १०१ जनाले विपक्षमा मतदान गर्नुभएको थियो भने ३ जनाले प्रतावको पक्षमा मतदान गर्नु भएको थियो । प्रदेशसभामा कुल ११० सदस्य रहेकोमा १०४ मतदानमा संलग्न हुनु भएको थियो ।
पहिलो चरणमा प्रदेशको स्थायी राजधानीको निर्णय भएसँर्ग अब केही बेरमा प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।