भुलेर पनि कहिल्लै साथी नबनाउनुस् यस्ता ५ प्रकारका ब्यक्तिहरुलाई, यस्ताले नराम्ररी डुबाउँछन्

काठमाडौँ । मान्छे सामाजिक प्राणी हो त्यसैले जीन्दगीमा सम्बन्धको अहम भूमिका हुन्छ । नाता सम्बन्ध भनेको कतिपय रगतका हुन्छन् जुन जन्मजात जाेडिएर आएका हुन्छन् भने कतिपय भावानाले जाेडिएका रगतको कुनै तालुक त हुँदैन तर रगतका नाता भन्दा अलिमाथिसम्मै हुन्छन् । जीन्दगी र जीवनयात्रामा विभिन्न सम्बन्धहरु जाेडिन्छन् । परिवार र आमापछिको सबैभन्दा पहिले र धेरै जोडिने सम्बन्ध भनेको साथी हो । साथीको सम्बन्ध सबैभन्दा बढी र सहजै जोडिने सम्बन्ध हो यसको प्रभाब पनि बढी हुन्छ । हाम्रो जीन्दगीमा त्यसैले नै बनाइएको हुनुपर्छ हाम्रो समाजमा चलनचल्तीको टुक्का संगत बिनाको फल भनेर ।

जस्तो साथीसँगत भयो त्यस्तै बनिन्छ भन्ने अझै पनि आम धारणा छ । यो कतिपय हदसम्म सही पनि हो । समाजमा भए गरेका केही प्रतिनिधि घटना परिघटनाहरुले त्यसलाई कहिँकतै पुष्टि पनि गरेको छ । खास गरी साथीसम्बन्धलाई पवित्र भावनाको नाताका रुपमा धेरैको बुझाई छ । केही साथी यति धेरै फलदायी हुन्छन् की । जहिले पनि साथ सहयोग र हौसला दिइरहने हुन्छन् । साथीले दिएको साथ र देखाएको बाटोमा धेरै मानिसहरु सफल भएका छन् । त्यसो त उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् । त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा चर्चा गर्दैछौँ । जोसँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन । –

१ सफलतामा डाह गर्ने : साथी भनेको त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । साथी केही गर्न खोज्दै छ गर्दैछ भने हौसला बढाउनुपर्छ । साथी सफल हुन्छ भने त खुसी पो हुनुपर्छ त साथी सफल हुनु भनेको तपाई सफल हनु हो । तर यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो मुला संगत गर्न लायक हुँदैन । हमेसा याद राख्नुस् कि, यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसैले यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।

२. स्वार्थी स्वभाव भएका : केही यस्ता हुन्छन् नि जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो जस्तो गर्ने साथी पनि काम छनैन । सधै आफ्नो काम पर्दा मात्रै खोज्ने काम नपर्दा वास्तासमेत नगर्नेहरुसँग पनि टाढै रहनुस् । त्यस्ता आफ्नो काम परेपछि मात्रै चेपारे घस्दै जोडिन आउनेहरु तपाईलाई प्रयोग मात्रै गर्नेहरु हुन् । होसियार १ यस्ता साथीहरु पनि तपाइँको साथको लायक पटक्कै हुँदैनन् ।

३. सधैँ आफ्ना कुरा मात्रै लाद्ने : साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यवहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

४. अफ्ठ्यारो पर्दा साथ नदिने : हामी सबैको साथमा आ आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् । अफ्ठ्यारो पर्दा तर्कने साथीको के अर्थ नाम मात्रका साथी आफ्ना मात्रै दुनो सोझाउन खोज्नेहरुलाई पनि छोड्दोदिनुस् ।

५. अपमान गर्ने, मजाक उडाउने : हुन त साथी भाइ भनेकै मस्तीमजाक ख्याल ठट्टा त हो । त्यसैले साथी साथीमा मस्ती मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन । त्यस्ता ब्यक्ति साथीका नामका कलङ्क नै हुन् ।

अनि अर्को कुरा साथीको मूल्याङ्ककन गर्नु पहिले साथीप्रति आफूले कस्तो ब्यवहार गरिरहेको छु भन्ने कुरा पनि सधै ख्याल गर्नुस् । भनिन्छ नि एकोहोरो रोटी पाक्दैन । पाकिहालेछ भने पनि एकपत्र नराम्रोसँग जलेको हुन्छ । राम्रोसँग रोटी पाक्नको लागि दुबैपट्टिबाट बराबर रुपमा पकाउनुपर्छ । हो साथी भाइको सम्बन्ध भनेको पनि त्यस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *