प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती कायम

काठमाडौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समर्थन गर्नुभयो । सांसदहरु रिता माझि र रिना गुरुङले प्रस्तावको समर्थन गर्नुभएको थियो । प्रदेशको राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत खसेको थियो । विशेकशील साझा पार्टीका तीन जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने सभामुखले सानु कुमार श्रेष्ठले मतदान गर्नुभएन् । स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले प्रकृयामा भाग नै लिनु भएन् ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी पेश गर्नुभएको प्रस्ताव पनि पारित गरेको छ । बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गर्नुभएको थियो । नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो । विपक्षमा मतदान नै भएन् ।

नामका विषयमा विवेकशील साझा पार्टी सहमत भएपनि राजधानीका विषयमा भने फरक प्रस्ताव दर्ता गरेको थियो । साझाले प्रदेशको राजधानी धुलिखेल प्रस्ताव गरेको थियो उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *