बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लोकसेवाले खुलायो झण्डै ५ सय नासु पदका लागि विज्ञापन [ विज्ञापनसहित ]
काठमाडौँ । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि आज पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ ।
हेर्नुस् पूरा विज्ञापन