एनआईसी एशिया बैंकले ल्यायाे नेपालमै पहिलो पटक Apple Pay र Google Pay स्वीकार गर्ने सेवा

What To Know

  • बैंकको CyberSource Payment Gateway मा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायीले यो सुविधा प्रयोग गर्न सक्नेछन्। यसमार्फत नेपालका व्यवसायीले विश्वभर रहेका Apple Pay र Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सुरक्षित रूपमा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।.
  • बैंकका अनुसार होटल, टुर्स एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीले यो सेवाबाट विशेष लाभ लिन सक्नेछन्। अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने अन्य व्यवसायले पनि CyberSource Payment Gateway मार्फत Apple Pay र Google Pay स्वीकार गर्न सक्नेछन्।.

काठमाडौं, १६ असोज। एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार अब ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले Apple Pay तथा Google Pay प्रयोग गर्ने Visa र Mastercard प्रयोगकर्ताबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

बैंकको CyberSource Payment Gateway मा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायीले यो सुविधा प्रयोग गर्न सक्नेछन्। यसमार्फत नेपालका व्यवसायीले विश्वभर रहेका Apple Pay र Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सुरक्षित रूपमा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

Apple Pay र Google Pay मोबाइलमा आधारित अन्तर्राष्ट्रिय भुक्तानी माध्यम हुन्। यी सेवामार्फत ग्राहकले आफ्नो कार्डको विवरण मोबाइलमा सुरक्षित रूपमा टोकनाइज गरी भौतिक कार्ड प्रयोग नगरी भुक्तानी गर्न सक्छन्।

बैंकका अनुसार होटल, टुर्स एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीले यो सेवाबाट विशेष लाभ लिन सक्नेछन्। अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने अन्य व्यवसायले पनि CyberSource Payment Gateway मार्फत Apple Pay र Google Pay स्वीकार गर्न सक्नेछन्।

बैंकले यो सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित र सहज भुक्तानी सेवा उपलब्ध गराउन सहयोग पुग्ने जनाएको छ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, सूचना प्रविधि र निर्यातजन्य व्यवसायमा यसले अन्तर्राष्ट्रिय कारोबार विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।

यसबाट विदेशी मुद्रा आर्जनको सम्भावना बढाउनुका साथै नेपालमा डिजिटल तथा अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले नेपाली व्यवसायीको कारोबार विस्तारसँगै पर्यटन प्रवद्र्धन र समग्र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *