फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आजको दरभाउ ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार अघिल्लो दिनको तुलनामा एक हजारले बढेर छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैँया पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ तय गरिएको छ । चाँदिको मूल्य प्रतितोला ९ सय २९ रुपैँया रहेको छ । केहीदिन यता लगात रुपमा बढ्दै गएको सुनको मूल्य मंगलबार सोमबारको तुलनामा ५ सय रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको छ । २०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर फेरी एकसाता याता सुुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।

सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध रहेको बताइएको छ । अमेरिका र इरानबीचद्ध युद्धको सम्भावना बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई लिएका छन् । त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन् । त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ । यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *