अनेरास्ववियूको एकता टुंगियाे, को–को बने केन्द्रीय सदस्य ?(सूचीसहित)

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ ।

लामो समयदेखिको रस्साकस्सी र अन्यौलतापछि अनेरास्ववियू) ले ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । बैठकले तत्कालीन एमाले निकट विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको हो ।

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *