जनताले संघीयता अझै बुझेनन् : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताउनुभएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताउनुभयो । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उहाँको भनाईछ । ‘‘देशमा नयाँ परिस्थिती बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन् । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’, उहाँले भन्नुभयो, ‘‘जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुप¥यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ ।’’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताउनुभयो । ‘‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन ग¥यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन् । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी ।’’, दाहालले भन्नुभयो ।
दाहालले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उनीहरुले पहिले पत्याउँदैनन यी जनताले धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसहरुले हाम्रो राज उल्ट्याउलान, हाम्रो श्रीपेच फाल्लान भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।’’

एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले वुद्ध नेपालमा जन्मेका हुन भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताउनुभयो । बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उहाँले बताउनुभयो । नेपालमा रहेका ऐतिहासिक र पौराणिक कुराहरुको संरक्षण गर्न काम सरकरले गरिरहेको दाहालले बताउनुभयो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *