What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अष्ट्रेलियामा खोलामा डुबेर दुई जना नेपालीको मृत्यु
What To Know
- अष्ट्रेलिया । अष्ट्रेलियामा खोलामा पाैडि खेल्नेक्रममा डुबेर दुई जना नेपालीको मृत्यु भएको छ । गए राति सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ । नेपाली भएकाे पहिचान भए पनि थप परिचय भने खुलेकाे छैन ।.
- खोलामा पसेको समूहका अर्को एकजनाको अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब साढे ७ बजे बेरोरा नेशनल पार्कस्थित हन्र्सबी खोलामा दुईजना व्यक्ति हराइरेको र एक जनालाई सासफेर्न मुश्किल भएको अवस्थामा पानीबाट बाहिर निकालिएकाे आकस्मिक सेवाका कर्मचारीहरुले बताएका छन्।.
अष्ट्रेलिया । अष्ट्रेलियामा खोलामा पाैडि खेल्नेक्रममा डुबेर दुई जना नेपालीको मृत्यु भएको छ । गए राति सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ । नेपाली भएकाे पहिचान भए पनि थप परिचय भने खुलेकाे छैन ।
प्रहरीले आफ्नो वेभसाइटमा मृत्यु भएकाको बारेमा थप जनाकारी उपलब्ध नगराए पनि मृत्यु हुने दुबै जना नेपाली भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
खोलामा पसेको समूहका अर्को एकजनाको अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब साढे ७ बजे बेरोरा नेशनल पार्कस्थित हन्र्सबी खोलामा दुईजना व्यक्ति हराइरेको र एक जनालाई सासफेर्न मुश्किल भएको अवस्थामा पानीबाट बाहिर निकालिएकाे आकस्मिक सेवाका कर्मचारीहरुले बताएका छन्।
न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाका कर्मचारीहरुले गम्भीर अवस्थामा पानीबाट बाहिर निकालिएका एक व्यक्तिको प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत थप उपचारका लागि अस्पताल लगिएको बताएका छन् ।