नेपाली कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडाैँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा काँग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा, ८६ ९३० बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हँुदैछ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *