काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेकपा सचिवालयको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ ।
सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
उपनिर्वाचन भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका समिक्षात्मक प्रतिवेदन केन्द्रमा आइसकेको छ । सोही प्रतिवेदनमाथि आज छलफल हुने पार्टीका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंसिर १८ गते बसेको सचिवालय बैठकले तल्ला कमिटीलाई उपनिर्वाचनको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनुको साथै पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने बताइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली सहभागी नहुने बताइएको छ ।