हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
चर्चित गायिका कला लम्सालले अब टेलिभिजन कार्यक्रम चलाउने
काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका कला लम्सालले टेलिभिजन कार्यक्रम उद्घोष गर्ने भएकी छिन् । योहो टेलिभिजन एच डी मार्फत प्रसारण हुने प्रत्यक्ष दोहोरी गीतको कार्यक्रम ‘पछ्यौरी’ सञ्चालन गर्न लागेकी हुन् । कार्यक्रम हरेक सनिबार दिउँसो २ बजे प्रसारण हुन्छ । डिस होमको च्यालन नम्बर १३७, नेटटीभी एचडी, सिमटीभीका साथै योहो टेलिभिजको अफिसियल युट्युव च्यानल र फेसबुक पेजमा पनि यो कार्यक्रम हेर्न सकिन्छ ।
नेपाली लाेक संगीतकाे श्रीवृद्धिका लागि सानाे प्रयास स्वरुप कार्यक्रम शुरु गरेकाे उनले बताएकी छिन् । कार्यक्रममा चर्चित लाेक तथा दाेहाेरी गायिकाहरुबीचकाे प्रत्यक्ष दाेहारी प्रस्तुत हुने छ ।
खासगरी बिदेशमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा ब्यस्त रहने गायिका लम्सालको यो पहिलो टेलिभिजन कार्यक्रम हो । एकताका नेपाल प्रहरीकाे गागिका समेत रहेकी उनकाे उनको धानको चामल धानैको चिउरा, तीज गीत पातली, नाकै हेर्दा थाहा हुनी लगायतका गीतहरु निकै चर्चित छन् । छाेटाे समयमा दर्शक स्रोताले निकै मन पराएकी गायिका लम्सालको हालै हेर्न बनाही छ बोलको लोक दोहोरी गीत पनि बजारमा आएको छ ।
हेर्नुस कला लम्सालको कार्यक्रम पछ्यौरीको पहिलो श्रृङ्खला