बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा, स्वर्णका लागि भुटानसँग भिड्ने
काठमाडौं । नेपाल तेह्रौं दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा बङ्गलादेशमाथि जित हात पार्दै नेपालले फाइनलमा भुटानसँगको भेट सुनिश्चित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार साँझ सम्पन्न खेलमा नेपालले बङ्गलादेशमाथि १–० को जित हात पार्यो । नेपालको जितमा सुनिल बलले गरेकेा एकमात्र गोल नै निर्णायक हुन गयो । उनले खेलको दशौं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासलाई उत्कृष्ट दिशा दिएर बङ्गलादेशको गोलपोष्ट चुमाएका थिए ।
नेपालले फाइनलमा स्थान सुरक्षित गर्न बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने थियो । तर अन्तिम खेलमा नेपालले पाहुना टोलीलाई १–० ले हराएर तीन अङ्क थप्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । जितसँगै नेपालले चार खेलमध्ये तीनमा जित हात पार्दै ९ अङ्कसहित स्वर्णको स्पर्धाका लागि स्थान पक्का गरेको हो ।
अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।