What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भोलि मन्त्रिपरिषद पुनर्गठन हुने, काे-काे बाहिरिँदैछन् ?
What To Know
- काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने स्पष्ट संकेत गर्नुभएको हो ।.
- मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर दुई अध्यक्षबीच पटकपटक संवाद र छलफल भइरहेको छ । सोही विषयलाई लिएर बुधबार विहान सचिवालय बैठक डाकिएको जनाइएको छ । सचिवालय बैठकपछि मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।.
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने स्पष्ट संकेत गर्नुभएको हो ।
प्रधानमन्त्रीले बैठकमा नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको भन्दै बुधबार औपचारिक कार्यक्रमसमेत नराख्न निर्देशन दिनु भएकाे बताइएकाे छ।
“नयाँ कदम सोचिरहेको छु, त्यसका लागि मानसिक रुपमा तयार रहन सबैमा आग्रह गर्दछु ।” एक हप्तादेखि मन्त्रिपरिषद् हेरफेरको समाचार आइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको ‘नयाँ कदम’ लाई मन्त्रिपरिषद् हेरफेरको संकेतको रुपमा बुझिएको छ ।
मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर दुई अध्यक्षबीच पटकपटक संवाद र छलफल भइरहेको छ । सोही विषयलाई लिएर बुधबार विहान सचिवालय बैठक डाकिएको जनाइएको छ । सचिवालय बैठकपछि मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।
काे-काे बाहिरिँदैछन् ?
कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मातृका यादव, महिला महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र भौतिकमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी भएको स्रोतले बताएको छ। ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय हेरफेर हुनसक्ने सम्भावना रहेको बताइएको छ।
श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगतबहादुर सुनारलगायत पनि हट्ने सम्भावना रहेको बताइएको छ। त्यस्तै, कृषि राज्यम्नत्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि पदमुक्त गर्ने तयारी भएको स्रोतले बताएको छ।