लाहानबाट लुटिएकाे डिजेल सहितको ट्याङ्कर धनुषामा भेटियाे

सिरहा । लहानबाट आइतबार राति १२ः०० बजे लुटिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ । अमलेखगञ्जबाट २० हजार लिटर डिजेल बोकेर विराटनगरतर्फ गइरहेको ना. ४ ख ४१६३ नम्बरको ट्याङ्कर आइतबार लहानबाट लुटिएपछि सिरहा प्रहरीले गरेको व्यापक खोजबिनपछि ट्याङ्कर धनुषाको रमदैया भवारी सडक छेउमा फेला परेको हो ।

सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्कर खोजीमा तीब्रता देखाए पछि ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा विहान ८ः४५ बजेतिर फेला परेको हो । उक्त ट्याङ्कर सिरहा ल्याउन इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोली त्यसतर्फ गएको छ ।

प्रनाउ रिजालले ट्याङ्करमा डिजेल रहेको वा नरहेको बारे त्यहाँ पुगेपछि मात्र थाहा हुने जानकारी दिनुभयो । उहाँले ट्याङ्कर सिरहा जिल्लाभित्र ल्याइसकेपछि बाँकी अनुसन्धान विस्तृत रुपले गरिने बताउनुभयो । ट्याङ्कर हराएको २४ घण्टापछि सम्पर्कमा आएका चालक रामदेव यादव अहिले पनि इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेका छन् । चालक यादव सम्पर्कमा आएपछि लहान प्रहरीले ट्याङ्करको खोजी सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *