बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बझाङमा ५.७ रेक्टरको भूकम्प, एक घर भत्कियाे ( अपडेट )
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर मंगलबार राती ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर भूकम्प गएको छ । भूकम्पबाट खप्तड खन्ना गाउँपालिका १ का अडेकुला बस्ने भेजराज जेशीको घर भतत्किए पनि मानवीय क्षति नभएको र केही पशुलार्इ सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्पका गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भूकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरी २७ पटक भूकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । गएको जेठ ३१ गते पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पले क्षतिको बिबरण आउन बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमकाले बताउनुभयो ।