What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

जनताले अनुचित मूआब्जा मूल्य मागेर बिकासका काम रोकियो : प्रधानमन्त्री ओली
What To Know
- प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको हो । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताउनु भयो ।.
- प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरी काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत न्यूनिकरण गर्न पनि यो आयोजनाले सघाउ महत्वपूर्ण योगदान पु¥याउनेछ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।.
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको हो । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पु¥याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भईरहेको पनि बताउनु भयो । उहाँले सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरी काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत न्यूनिकरण गर्न पनि यो आयोजनाले सघाउ महत्वपूर्ण योगदान पु¥याउनेछ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।