What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुगम खोज्ने कर्मचारीको बढुवा हुँदैनः मन्त्री पण्डित
What To Know
- मन्त्री पण्डितले प्रमोशनका लागि नम्बर नपुग्दा दूर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उहाँले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको पनि बताउनु भयो ।.
- मन्त्री पण्डितले कर्मचारीहरुको सरुवा र पदस्थापन उनीहरुको अनुकूलतालाई पनि ध्यानमा राखेर ‘चक्रिय प्रणाली’ अनुसार हुने गरी कानुन व्यवस्था गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पार्नु भयो । मन्त्री पण्डितले विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने अधिकार भने मन्त्रीपरिषदमा नीहित रहने अडान पनि राख्नु भयो ।.
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ ।
मन्त्री पण्डितले प्रमोशनका लागि नम्बर नपुग्दा दूर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उहाँले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको पनि बताउनु भयो ।
मन्त्री पण्डितले कर्मचारीहरुको सरुवा र पदस्थापन उनीहरुको अनुकूलतालाई पनि ध्यानमा राखेर ‘चक्रिय प्रणाली’ अनुसार हुने गरी कानुन व्यवस्था गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पार्नु भयो । मन्त्री पण्डितले विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने अधिकार भने मन्त्रीपरिषदमा नीहित रहने अडान पनि राख्नु भयो ।






