What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीको ताकेता
What To Know
- अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।.
- कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिनु भयो । उहाँले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुर अन्तरगत कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराउनु भयो ।.
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।
कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रिय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उहाँले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकमा व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनेको पनि दोहो¥याउनु भयो । उहाँले व्यवसायिक वातावरण नबनेको भए कसरी बैंकमा ऋण लिनेहरुको घुइचो हुन्थ्यो ? भनि प्रश्न पनि गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिनु भयो । उहाँले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुर अन्तरगत कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराउनु भयो ।