What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चन्द समूहका नेता खेम थपलिया पक्राउ
What To Know
- चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो । पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् ।.
- यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ । रासस.
काठमाडौँ। काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो । पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् ।
यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ । रासस