What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सत्यवतिका पहिरो पीडितलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
What To Know
- ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाले सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।.
- ५ का सह संयोजक बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, सदस्य कमला पन्थी, बसन्ती पन्थी, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका सभापति सिता पाण्डे, नेपाल महिला संघका क्षेत्रीय प्रतिनिधि सिता आचार्य, जमुना न्यौपाने, सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली, नेपाली कांग्रेस सत्यवती गाँउपालिका वडा नं.
कौरव खत्री
गुल्मी । गुल्मी सत्यवतिका पहिरो पीडितहरुको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
शनिवार सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घाका पहिरो पीडितहरुका लागि नगद रु २ लाख २९ हजार विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाले सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले सत्यवति गाँउपालिकाका पहिरो पीडिततहरुको सहयोगार्थ अष्ट्रेलियाका विभिन्न स्थानहरुमा सहयोग संकलन अभियान मार्फत उक्क्त रकम संकलन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिवमा प्रकाश अर्यालले जानकारी दिनुभयो । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सल्लाहकार समितिका भिमलाल सापकोटा मार्फत रकम पठाइएको थियो ।
नेपालका विभिन्न स्थानबाट रोजगारीको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका नेपालीहरुले उक्क्त संस्था मार्फत विगत केही बर्षयता निरन्तर रुपमा सक्रिय भएर नेपालका विभिन्न क्षेत्रहरुमा सामाजिक रुपमा सहयोग गदै आइरहेको छ ।
उक्क्त रकम हस्तान्तरण कार्यक्रममा सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घाका वडाअध्यक्ष दानबहादुर रानाको अध्यक्षता रहेको राहत हस्तान्तरण कार्यक्रममा विपी फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, सदस्य कमला पन्थी, बसन्ती पन्थी, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका सभापति सिता पाण्डे, नेपाल महिला संघका क्षेत्रीय प्रतिनिधि सिता आचार्य, जमुना न्यौपाने, सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली, नेपाली कांग्रेस सत्यवती गाँउपालिका वडा नं. ४ का वडा सभापति अध्यक्ष सहभागिता रहेको थियो ।