नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

चन्द समूहका नेता खेम थपलिया पक्राउ
काठमाडौँ। काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो । पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् ।
यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ । रासस