हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
विश्वकप क्रिकेट : भारतको फाइनल यात्रा कठिन
काठमाडौं । वर्षाका कारण मंगलबार अवरुद्ध भएको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले भारत र न्यूजिल्याण्ड खेलिरहेका छन् ।
मंगलबार वर्षाका कारण खेल रोकिनु अघी निर्धारित ओभरमा ८ विकेट गुमाउँदै न्यूजिल्याण्डले २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्यका साथ ब्याटिङ थालेको भारतले खराब सुरुवात गरेको छ ।
विश्वकप क्रिकेटको उपाधि दाबेदारको रुपमा रहेको भारतले ओपनरद्धय केएल राहुल र रोहित शर्मालाई एक एक रनमा गुमायो । त्यस्तै कप्तान विराट कोहली पनि १ रनमा पेभिलिएन फर्के ।
३ ओभरमा ५ रन र तीन विकेट गुमाएको भारतका लागि दिनेश कात्तिकको प्रर्दशन पनि सम्झन लायक रहेन । २५ बल खेलेका कात्तिक मात्र ६ रन बनाएर पेभिलिएन फर्के ।
अहिले क्रिजमा रहेका रिसभ पन्त र हार्दिक पाण्डेयले भारतको क्रिजलाई सम्हाल्ने प्रयास गरे पनि खुलेर खेल्न सकेका छैनन् ।