नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बर्षाले कोशीमा पानीको बहाव बढ्यो, बाढीकाे खतरा
सप्तरी। लगातारको बर्षाले कोशी नदीमा पानीको चाप बढेको छ । कोशी नदीमा दिन प्रति दिन पानी चाप बढनाले कोशी क्षेत्रका स्थानीय चिन्तित भएका छन् । विहीबार यस बर्षको सबै भन्दा बढी पानीको वहाव भएको छ कोशीको पानीले एक लाख ५० हजार क्यूसेक वहाव पार गरेको छ ।
तराईमा विगतमा कम वर्षा भए पनि पहाडमा र तराइमा पनि दुई दिनदेखि यहाँ पनि पानी परेका कारण पानीको वहाव बढेको कन्ट्रोल रुमले जनाएको छ ।
कोशी नदीमा पानीको बहाव बढदा पूर्व र पश्चिमी तटबंधमा सुरक्षा बढाएको छ । कोशी व्यारेजका कर्मचारी अनुसार बिहान कूल एक लाख ५० हजार ३३५ क्यूसेक पानी ढोकाबाट वहाव गरिएको छ ।
कोशी नदीमा पानीको चाप बढेपछि सप्तरीसहित भारतका गाउँ डुवानको खतरा बढेको छ । त्यस्तै कोशी नदीमा बर्षायाममा पानीको चाप बढ्नाले कोशी छेउका गाँउमा सजग र सुरक्षित रहन कोशी बराजका अधिकारीहरूल अनुरोध गरेका छन् ।