What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ बाट १० जना पत्रकारलाई पुरस्कृत गरिने
What To Know
- महासंघले बुधबार एक विज्ञप्तीमार्फत पुरस्कृत हुने पत्रकारहरूको नामावली सार्वजनिक गरेको छ । पुरस्कारका लागि २०७६ वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतामध्येबाट १० जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएकाे छ ।.
- जसअनुसार रेडियोतर्फ रामाकुमारी खड्का (रेडियो उज्यालो एफएम–उपत्यका) र रुमा रिजाल (रेडियो सप्तकोशी एफएम–उपत्यका बाहिर, सुनसरी), छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल र नागरिकका हिमाल लम्साल (सयुक्त–उपत्यका) र खगेन्द्र अधिकारी (नागरिक दैनिक– उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गरिने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनबीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल, बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु/धनमाया भुसाल, जनता टेलिभिजन, नवलपरासी पूर्व (सयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सोभिता रिसाल, (सिआइएन) र शर्मिला खनाल (कान्तिपुर एफएम) लाई प्रदान गरिने भएको छ ।.
काठमाडाैँ । नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ अन्तर्गत यस वर्ष १० जनालाई पुरस्कृत गर्ने भएकाे छ ।
महासंघले बुधबार एक विज्ञप्तीमार्फत पुरस्कृत हुने पत्रकारहरूको नामावली सार्वजनिक गरेको छ । पुरस्कारका लागि २०७६ वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतामध्येबाट १० जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएकाे छ ।
पुरस्कार छनौटका लागि नेपाल पत्रकार महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनौट समितिको २०७६ असार १७ गते बसेको बैठकले १० जनाकाे नाम छनाेट गरेकाे हाे ।
जसअनुसार रेडियोतर्फ रामाकुमारी खड्का (रेडियो उज्यालो एफएम–उपत्यका) र रुमा रिजाल (रेडियो सप्तकोशी एफएम–उपत्यका बाहिर, सुनसरी), छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल र नागरिकका हिमाल लम्साल (सयुक्त–उपत्यका) र खगेन्द्र अधिकारी (नागरिक दैनिक– उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गरिने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनबीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल, बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु/धनमाया भुसाल, जनता टेलिभिजन, नवलपरासी पूर्व (सयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सोभिता रिसाल, (सिआइएन) र शर्मिला खनाल (कान्तिपुर एफएम) लाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तु छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरेको महासंघले जनाएकाे छ।
पुरस्कार प्राप्त गर्ने पत्रकारलाई २०७६ असार २९ दिउँसो १ः३० बजे नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सभाहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा पुरस्कारसहित सम्मानित गरिने महासंघले जनाएकाे छ ।