What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्यारिसको गिर्जाघरमा आगलागी हुनुपूर्व खिचिएकाे एउटा तस्बिर संसारभर भाइरल
What To Know
- तस्बिरमा सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवै जना प्रसन्न मुद्रामा भएको देखिन्छ। त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया एक पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टापहिले खिचेकी थिइन्।.
- मिशिगन अमेरिकाबाट प्यारिस आएकी विन्डसरले बीबीसीलाई बताएअनुसार उनले अझै ती पुरुष र बालिकाको स्थिति थाहा पाउन सकेकी छैनन्। तर उनी दुवै जना कहाँ होलान् भनेर थाहा पाउनेमा आशावादी छन्। उनले ती पुरुष र बालिका बाबुछोरी नै भएको आफूलाई पक्का नभएको बताएकी छन्। तर त्यो क्षणलाई हेर्दा उनीहरू बाबुछोरी जस्तो आफूलाई लागेको बताइन्।.
बीबीसी । फ्रान्सको राजधानी प्यारिसको नोट्र-डाम गिर्जाघरमा आगलागी हुनु केही मिनेटअघि सो प्राचीन गिर्जाघरबाहिर खिचिएको यो तस्बिरबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।
तस्बिरमा सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवै जना प्रसन्न मुद्रामा भएको देखिन्छ। त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया एक पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टापहिले खिचेकी थिइन्।
आगलागी भएपछि उनले ती दुई जना कहाँ होलान् भनेर उनले त्यो तस्बिर ट्विटरमा राखिदिइन्। उनको ट्वीट झन्डै हजारौँ पटक रिट्वीट भएको छ।
मिशिगन अमेरिकाबाट प्यारिस आएकी विन्डसरले बीबीसीलाई बताएअनुसार उनले अझै ती पुरुष र बालिकाको स्थिति थाहा पाउन सकेकी छैनन्। तर उनी दुवै जना कहाँ होलान् भनेर थाहा पाउनेमा आशावादी छन्। उनले ती पुरुष र बालिका बाबुछोरी नै भएको आफूलाई पक्का नभएको बताएकी छन्। तर त्यो क्षणलाई हेर्दा उनीहरू बाबुछोरी जस्तो आफूलाई लागेको बताइन्।
उनले ट्विटरमा सन्देश लेख्दै ती दुई जनाई फेला पार्न आफूलाई सहयोग गर्न सार्वजनिक आग्रह गरेकी थिइन्।