बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गूगल प्ले स्टोरबाट हट्याे टिक टक
एजेन्सी । भारत सरकारले गुगल र एप्पलकाे प्ले स्टाेरबाट टिकटक एप हटाउन माग गरेकाे केही समयपछि नै गुगल प्ले स्टाेरबाट उक्त एप गायब भएकाे छ । बीबीसी हिन्दीकाे समाचार अनुसार भारतमा उक्त एप डाउनलाेड तथा स्टलका लागि अहिले उपलब्ध छैन ।
मंगलबार भारत सरकारकाे सूचना प्रविधि मन्त्रालयले प्ले स्टाेरबाट उक्त एप हटाउन माग गरेकाे थियाे । पछिल्लाे केही समय यता भारतमा अस्लिलता बढाएकाे, बालबालिकाहरूका लागि खतरा रहकाे तथा अापत्तिजनक भिडियाेहरू अपलाेड भएकाे भन्दै भारतमा यसकाे चर्काे बिराेध भइरहेकाे छ ।
साेमबार टिक टक एपमाथिकाे प्रतिबन्धकाे बारेमा भारतका सर्बाेच्च अदालतले सुवाइ गर्दै २२ अप्रिलमा फैसला सुनाउने बताएकाे थियाे । मद्रास हाइकाेर्टले केन्द्र सरकारलार्इ भारतमा टिकटक एप बन्द गर्न भनेकाे थियाे । मद्रास उच्च अदालतमा टिकटक प्रतिबन्धकाे विषयमा सुनुवाइ चलिरहेकाे छ । मद्रास उच्च अदालतम काे अन्तिम फैसलापछि सुप्रिम काेर्टले फैसला गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मद्रास हाइकाेर्टले केन्द्र सरकारलार्इ उक्त चिनिया भिडिया.े माेवाइल एप प्रतिबन्ध लगाउन भनेकाे थियाे । यसले युवा तथा बालबालिकामा नकारात्मक असर परेकाे अदालतकाे भनाइ छ ।
नेपाल लगायत अन्य मुलुकमा भने याे एप उपलब्ध छ ।
नेपाल लगायत अन्य मुलुकमा भने याे एप उपलब्ध छ । नेपाल सरकारले पाेर्न साइट र पब्जीमाथि प्रतिबन्ध लगायपछि टिकटक पनि बन्द गरिनुपर्ने केही अावाजहरू उठीरहेका छन् । पछिल्लाे समय नेपाली युवाहरूमा पनि याे एप निकै लाेकप्रिय बन्दै गएकाे छ ।