बालुवाटारकाे विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु गिरफ्तार ( भिडियाेसहित)

काठमाडाैँ । बालुवाटारस्थित ललिता निवासको विवादित  जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

विवेकशीलले  बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो । साेही क्रममा प्रहरी  विवेकशील नेपाली दलका १७ जना नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

हेर्नुहाेस भिडियाे

भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ ।  यस प्रकरणमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विष्णु पाैडेल मुछिएका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *