What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कांग्रेस महासमिति बैठकमा नाराबाजी, अझै जुटेन विधानमा सहमति
What To Know
- काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक दुई घन्टाका लागि स्थगित भएको छ । विधानका विषयमा छलफल गर्न भन्दै महासमिति बैठक बोलाइए पनि सहमति बन्न सकेको छैन ।.
- देउवा बैठकस्थलबाट बाहिरिन लागेपछि सभापति देउवाले आफूहरुका कुरा सुन्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । काँग्रेस संसदीय दलको कार्यालयमा विधानका विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।.
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक दुई घन्टाका लागि स्थगित भएको छ । विधानका विषयमा छलफल गर्न भन्दै महासमिति बैठक बोलाइए पनि सहमति बन्न सकेको छैन ।
सोही कारण सभापतित देउवा उपसभापति विजय गच्छदारलाई कार्यबहाक छाडेर विधानमा सहमतिका लागि छलफल गर्न संसदीय दलको कार्यालय जानका लागि निस्कन लागेका थिए ।
देउवा बैठकस्थलबाट बाहिरिन लागेपछि सभापति देउवाले आफूहरुका कुरा सुन्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । काँग्रेस संसदीय दलको कार्यालयमा विधानका विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।
बैठकमा नाराबाजी भएपछि दुई घन्टाका लागि स्थगित गरेर देउवा विधानमाथिको छलफलमा सहभागी हुन निस्किएका छन् । बैठक १ बजेपछि पुनः बस्नेछ ।






