सेयर लगानीकर्ताले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाडौं ।
सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् ।
सोमबारदेखि सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो । सेयर लगानीकर्ताद्धय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्वारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्तिसमेत जनाएका छन् ।
कांग्रेसको समर्थन
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सेयर लगानीकर्ता दवाव समूहले सूरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता पूँजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *