बहुप्रतिभाशाली लोक गायक मिलनको शब्द लेखन अनि निर्देशनमा मर्मस्पर्शी लोकदोहोरी गित ‘मसानघाट’ बजारमा आउँदै

पाल्पा । पछिल्लो समय नेपाली लोकसंगित बजारमा चर्चा बटुली रहेका पाल्पाली लोक गायक मिलन खड्काले आफ्नै शब्द र निर्देशनमा लोकदोहोरी गित ‘मसानघाट’ बजारमा ल्याउने भएका छन ।
एउटी श्रीमतिलाई आफ्नो लोग्नेको काख भन्दा प्यारो केही हुँर्दैन भन्ने कथा सहित लोग्ने साथमा नहुँदा घर परिवार र समाजले हेर्ने नकारात्मक दृष्टिकोणलाई मार्मीक लोक गित ‘मसानघाट’मा समेटीएको गिताका शब्द लेखक एवं निर्देशक खड्काले जानकारी दिए । उक्त म्युजिक भिडियोमा राजु गैरै ,शान्ति श्री परियारले कर्णप्रिय स्वर दिएका छन भने लोक दुनियका साथि प्रेम लामीछाने मगरले गितमा लय भरेका छन ।

म्युजिक भिडियोमा पदम वि.सीको एरेन्ज ,सुमन कार्की र सुरज के.सीको छायांकन रहेको छ । मर्मस्पर्शी लोकगित ‘मसानघाटमा’ सिर्जन मस्राङ्गी मगर, कपिल थापासँगै रामकृष्ण थापाको उत्कृष्ट अभिनय रहेको छ । भिडियो प्रसन्न म्युजिक प्रा.ली मार्फत यही पुष ६ शुक्रबारदेखी संगित बजारमा आउँदै छ । म्युजिक भिडियोमा नेपाली समाजको वस्तविकत यथार्थताको परिकल्पना गरिएकोले नेपाली लोकसंगितको बजारमा ‘मसानघाट’ले राम्रो चर्चा कमाउने अपेक्ष निर्माण युनिटले लिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *