What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बन्द भयो १० दिनका लागि इन्द्रेगौँडा–छल्दी सडक
What To Know
- शुक्रवारबाट आगामी पुस ८ गतेसम्मका लागि मोटरवाटो बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “दोभानबाट भग्लाङ्सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले प्राविधिकहरुका अनुसार सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको छ ।”.
- यात्रुहरुको सहजताका लागि दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको सडक वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न आग्रह गरिएको छ ।.
कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिका ५ को इन्द्रगौडादेखि छल्दीसम्मको सडकखण्डको बीचमा पर्ने भीरको मोटरबाटो कटिङ गर्नुपर्ने भएकाले १० दिनका लागि सडकपूर्ण रुपमा बन्द गरिने भएको छ ।
शुक्रवारबाट आगामी पुस ८ गतेसम्मका लागि मोटरवाटो बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “दोभानबाट भग्लाङ्सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले प्राविधिकहरुका अनुसार सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको छ ।”
यात्रुहरुको सहजताका लागि दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको सडक वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न आग्रह गरिएको छ ।






